• ९ मंसिर २०८१, आइतबार

बलिउड अभिनेता आमिर काठमाडौंमा

blog

काठमाडौं, वैशाख २४ गते । बलिउड अभिनेता आमिर खान नेपाल आउनुभएको छ । अभिनेता खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आउनुभएको हो । 

उहाँ १० दिन मौन बस्ने र यसबीच उहाँलाई केही आवश्यक परेमा स्वयंसेवीसँग कुरा गर्न पाउने बताइएको छ ।

पछिल्लो समय आमिर फिल्म 'लाल सिंह चढ्डा' मा देखिनुभएको थियो । 'मिस्टर परफेक्सनिस्ट' का रूपमा चिनिने आमिरलाई कयौँ बलिउड फिल्मा देख्न सकिन्छ । उहाँले बलिउड आफ्नो ३० वर्ष बिताइसक्नुभएको छ ।

यस्तै, पछिल्लो समय आमिर खान 'गजनी' को सिक्वेलको तयारीमा रहेकोसमेत बताइएको छ ।