• ८ कात्तिक २०८१, बिहिबार

गोरखापत्रकाे १२३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीबाट शुभकामना

blog

काठमाडौँ, वैशाख २४ गते । गोरखापत्रको प्रकाशन १२३ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ भएको थियो । नेपालमा पत्रकारिताको शिलान्यास मात्र नभएर सञ्चारको विकासमा पनि एउटा फड्को मार्दै गोरखापत्रले सुरु गरेको प्रकाशनले शताब्दी पार गरेको हो । 

नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको भन्दै गोरखापत्रको १२३ औँ र गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले शुभकामना दिनुभएको छ ।