• १३ साउन २०८१, आइतबार

बाजुरामा भूकम्पको धक्का

blog

बाजुरा, वैशाख २१ गते । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रबिन्दु भई आज (बिहीबार) दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रबिन्दु भई  तीन पटक भूकम्पको धक्का महसुस गरिएको थियो । रासस