• १३ असोज २०८१, आइतबार

दुर्घटनामा दुई जनाको निधन

blog

उर्लाबारी, वैशाख २१ गते । धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ । लेटाङ नगरपालिका -७ को धिरिङ्गा भन्ने ठाउँमा पिक अप दुर्घटना हुँदा गाडीमा सवार चार जना घाइते हुनु भएको थियो । 

गम्भीर घाइते मध्ये मोरङको पथरी शनिश्चरे २ का २५ वर्षीय मनोज दियाली विश्वकर्मा र गाडी धनी लेटाङ ६ का  ७४ वर्षीय जीवनकुमार श्रेष्ठको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत राति मृत्यु भएको हो । दिउँसो ४ बजे दुर्घटनामा परेको जिपमा ४ जना सवार थिए । 

जिप सडकबाट १ सय मिटर तल खसेको थियो । एकान्त स्थानमा ठुलो आवाज आएपछि स्थानीयले हेर्दा दुर्घटना भएको देखेका थिए । बाँकी दुई मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ ।  

Author

हरि कोइराला