• १३ साउन २०८१, आइतबार

पृथ्वीराजमार्ग चार घण्टापछि पुनः सञ्चालनमा

blog

दुर्घटनामा परेको ट्रक। तस्बिर : अमरराज नहर्की

तनहुँ, वैशाख २० गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घण्टापछि पुनः सञ्चालनमा आएको छ । 

अवरुद्ध भएको सडक झण्डै ६ घण्टापछि दिउँसो ३ बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो।

डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किन पुग्दा आठ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको थियो  । 

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो । 

यो पनि पढ्नुहोस