• ८ मंसिर २०८१, शनिबार

एपीएफसँग मच्छिन्द्र पराजित

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दे मच्छिन्द्र र एपीएफका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख ६ गते । साविक विजेता मच्छिन्द्र क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबको नमिठो झट्का लागेको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफले मच्छिन्द्रलाई १-० गोलले हरायो । एपीएफको जितमा अर्मान्ड बेडोमले गोल गर्नुभयो ।

बेडोमले ४०औं मिनेटमा कप्तान नविन लामाको पासमा निर्णायक गोल गर्नुभएको हो । जितसँगै एपीएफले १० खेलमा १४ अङ्क बनाएको छ । पराजित मच्छिन्द्रको १३ अङ्क छ । 


यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा नेपाल पुलिस क्लब जावलाखेल युथ क्लबसँग ६-१ गोलले स्तब्ध बन्यो । पहिलो हाफमा एक गोल गरेको जावलाखेलले दोस्रो हाफमा पाँच गोल थपेको थियो । 

जावलाखेलको जितमा एनकोटो मेसोबी र हिसुब थपलियाले दुई दुई गोल गर्नुभयो । फोडे फोफना र अब्दुलअजिजले एक एक गोल थप्नुभयो । पुलिसका लागि मोसेसले सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको जावलाखेलले १० खेलबाट २० अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको सातदोबाटो नौ खेलबाट १७ अङ्क छ । पराजित पुलिस पाँच अङ्कसहित तालिकाको अन्तिममा छ ।