• २६ पुस २०८१, शुक्रबार

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालका दुई खेलाडी

blog

विदाइ कार्यक्रममा तेक्वान्दो खेलाडी । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ६ गते । नेपालका दुई खेलाडीले जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा सहभागिता जनाउने भएका छन् ।

जापानको ओसाका सहरमा हुने प्रतियोगितामा नेपालका अशोक खड्का र नन्द विष्टले भाग लिनुहुनेछ । सो प्रतियोगिता वैशाख ९ देखि ११ गतेसम्म हुनेछ । नेपाली तेक्वान्दो टोली बिहीबार जापान प्रस्थान गर्नेछ ।

अशोकले पुम्से खुल्लातर्फ र नन्दले अन्डर ४० पुम्सेमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । यसैगरी अशोकले गेरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुनेछ ।

खेलाडी र प्रशिक्षकका साथै रेफ्रीको भूमिका पनि उत्तिकै सक्रिय अशोकले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसक्नुभएको छ ।

अशोक क्यारोगी, पुम्से र पार तीन वथटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले बुधबार जापान जाने टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गर्नुभयो ।