• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर प्रमुख साहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ।

काठमाडौं, वैशाख ६ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महानगर प्रमुख साहविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ ।

यसअघि मङ्गलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ । साथै  तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग अधिवक्ता श्रेष्ठको छ ।