• १० पुस २०८१, बुधबार

कर्णालीमा तीन मन्त्रीको शपथ आज

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कणाली प्रदेश । फाइल तस्बिर

नवीन सुवेदी
सुर्खेत, वैशाख ६ गते ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ ।

मङ्गलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र वेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।

सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १(१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।