- रुमु न्यौपाने
रोशन साह्रै ज्ञानी छ । ऊ ७ कक्षामा पढ्छ । पढाइमा साह्रै अब्बल छ । हरेक पटक कक्षामा प्रथम हुन्छ । त्यति मात्रै कहाँ हो र ! विद्यालयले हरेक वर्ष आयोजना गर्ने विभिन्न प्रतियोगितामा पनि ऊ पुरस्कृत भएकै हुन्छ । त्यसैले त रोशनको बुवाआमा आफ्नो छोराको बानीदेखि साह्रै खुसी हुनुहुन्छ ।
एकदिन रोशन स्कुल गएको बेला उसको साथी प्रणयले मोबाइल लिएर आयो । प्रणय र रोशन एउटै कक्षामा पढ्छन् । प्रणयले ल्याएको मोबाइलले कक्षामा सबैको ध्यान तानेको छ । मोबाइल पनि सामान्य खालको होइन । फोटोे, भिडियो खिच्नुका साथै राम्रो राम्रो गेम खेल्न मिल्ने मोबाइल लिएर आयो प्रणयले कक्षामा । रोशन पढ्नमा तेज भएका कारणले सधैँ पढाइमा मात्रै ध्यान दिन्थ्यो । पढाइमा धेरै ध्यान दिने कारणले पनि होला उसले अहिलेसम्म मोबाइलमा रुचि देखाएकै थिएन ।
प्रणयले ल्याएको मोबाइलका बारेमा कक्षाका सबैले धेरै नै बखान गरेकाले होला उसलाई पनि मोबाइल चलाउन मन लाग्यो । त्यसैले उसले त्यस दिन घर जानासाथ ममीको मोबाइल खोज्यो । उसको ध्यान मोबाइलतिर मात्रै गयो ।
सधैँ सरासर स्कुलबाट घर आउने बित्तिकै पढ्न बस्ने रोशन झोक्राएर बसेको देखेर ममीले सोध्नुभयो । “बाबु तिमीलाई सञ्चो भएन कि कसो ? ममीले त्यसरी सोध्नु भएपछि पहिला त उसले केही हैन भनेर ढाँट्यो तर पछि ममीले धेरै पटक सोध्नु भएपछि उसले भन्यो, “ममी मलाई मोबाइल चाहियो, एउटा मोबाइल किनिदिनु न बाबालाई भनेर ।” आफ्नो त्यस्तो ज्ञानी छोराले अचानक मोबाइल मागेको देखेर ममी पनि छक्क पर्नुभयो । ममीले रोशनलाई सोधेपछि रोशनले बल्ल आफ्नो साथीले मोबाइल लिएर आएको कुरा भन्यो । ममी छक्क पर्नुभयो । ओहो ! त्यति सानो कक्षामा पढ्ने विद्यार्थीले कसरी मोबाइल लिएर आयो त स्कु्लमा । अब ममीलाई पनि पिर लाग्न थाल्यो तर रोशनले आफ्नो जिद्दी छोड्दै छोडेन । अन्ततः मोबाइल किनिदिन ममीबाबा बाध्य भए ।
एकदिन रोशन स्कुल गएको बेला उसको साथी प्रणयले मोबाइल लिएर आयो । प्रणय र रोशन एउटै कक्षामा पढ्छन् । प्रणयले ल्याएको मोबाइलले कक्षामा सबैको ध्यान तानेको छ । मोबाइल पनि सामान्य खालको होइन ।
ममीले बगैँचामा फूलमा पानी हाल्दा हरेक फूलको नाम सोधेर फूलहरूको नाम कण्ठ गथ्र्यो तर मोबाइल पाएदेखि उसले यी सबै कुरामा ध्यान दिन छोडिसकेको थियो ।
हुँदाहुँदा रोशनले परीक्षामा पनि निकै कम अङ्क ल्यायो । बल्लबल्ल मुस्किलले पास भयो । सधैँ प्रथम हुने रोशन यस पटक पास मात्रै भएपछि ममीबाबा निकै रिसाएर गाली गर्नुभयो । बाबाले गाली गर्नु भएपछि रोशन रुन थाल्यो तर पछि शान्त भएर बाबाले रोशनलाई सम्झाउन थाल्नुभयो ।
“हेर बाबु सबै कुराको फाइदा र बेफाइदा हुन्छ । मोबाइलबाट हामी हाम्रो टाढा–टाढा बसेको साथीसँग सम्पर्क गर्न सक्छौँ । राम्रो राम्रो ज्ञानगुनका कुरा इन्टरनेटमार्फत सिक्न सक्छौँ । घरमै बसेर नयाँ–नयाँ ठाउँका बारेमा जान्न सक्छौँ । त्यसैले यसको दुरुपयोग हैन, सदुपयोग गर्नुपर्छ ।” बाबाको कुरा सुनेर रोशन आँसु पुछेर मुसुक्क हाँस्यो ।
भोलिपल्ट रोशनको स्कुलमा वक्तृत्वकला प्रतियोगिता थियो । रोशनले वक्तृत्वकला प्रतियोगितामा मोबाइलसम्बन्धी बोल्नुपर्ने थियो र रोशनको कक्षाका सबै साथीहरूले रोशनले अब मोबाइलमा भएको गेमका बारेमा बोल्छ होला भन्ने अनुमान लगाए तर रोशनले मोबाइलले गर्ने फाइदा बेफाइदाका बारेमा भन्यो । रोशनले चाहिनेभन्दा बढी मोबाइल चलाउने बानीले मानिसलाई हानि गर्ने कुरा पनि बतायो । रोशन वक्तृत्वकलामा प्रथम भयो ।
त्यसपछि स्कुलका सबै साथीले घरमा मोबाइल चलाउन कम गर्न थाले । उनीहरूले अति आवश्यक कामबाहेक मोबाइलको प्रयोग गर्न छोडे ।
रोशनले पनि अनावश्यक रूपमा मोबाइल चलाउन छोड्यो । घरमा र कक्षामा ध्यान दिएर पढ्न थाल्यो र फेरि कक्षामा पहिलाजस्तै प्रथम हुन थाल्यो । त्यति मात्रै हैन उसले त्यसपछि ममीको हरेक काममा सघाउन थाल्यो । ममीबाबासँग धेरै समय बिताउन थाल्यो ।