• १३ साउन २०८१, आइतबार

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात

blog

ताप्लेजुङका हिमाली बस्तीमा परेको हिउँ । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको हो । 

शुक्रबारदेखि उच्च हिमाली भेगमा निरन्तर हिमपात भइरहेको छ । शनिबार राति निक्कै बाक्लो हिमपात भएको छ । स्थानीयका अनुसार गत फागुन दोस्रो साता यस वर्षकै पहिलो हिउँ परेको थियो । त्यसबेला जति नै हिउँ परेको स्थानीयको भनाइ छ । 

जिल्लाको हिमाली बस्तीहरु घुन्सा, फले, ग्याब्ला, ओलाङ्चुङगोला, याङ्मा लगायतमा बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमासमेत बाक्लो हिमपात भएको छ । 

हिउँद मौसम बितिसकेपछि वर्षा हुँदा जिल्लाका किसान भने हर्षित भएका छन् । यता बेमौसमी हिमपातले भने वातावरण असन्तुलित भई मानव जीवनशैली र प्राणी जगतमा असर पुग्नेभन्दै नागरिक चिन्तित बनिरहेका छन्