• १६ चैत २०८०, शुक्रबार

प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको मृत्यु

blog

पाकिस्तानकाे राजनीतिक नक्सा ।

इस्लामाबाद, चैत ८ गते । पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ पिटिआईलक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् ।     

कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । द्रुतगतिमा रहेको कारमा गोली प्रहार हुँदा इन्धन ट्याङ्कीमा लागेको र तत्काल कारमा आगो सल्किएको सामाजिक सञ्जालमा ‘पोष्ट’ गरिएका भिडियोमा देखिन्छ । कार पूर्णरूपमा जलेको छ ।     

दुई जना घाइतेलाई उद्धार गरी अस्पताल पु¥याइएको छ । नेता खानको शव परीक्षणका लागि एबोटाबाद जिल्ला सदरमुकाम अस्पतालमा राखिएको छ ।     

आक्रमणमा मारिएका खानले एबोटाबादको हवेलियन तहसिलबाट स्वतन्त्र उम्मेद्वारको रूपमा सन् २०२२ मा खैबर पख्तुनख्वा स्थानीय निकायको चुनाव जितेका थिए । केही समयपछि उनी पिटिआईमा आबद्ध भएका हुन् । उनका बुबा मुन्सिफ खान जादुन केपी विधानसभाका पूर्वसदस्य र प्रान्तीय मन्त्री भएका थिए । उनको पनि सन् १९९० को दशकमा हत्या भएको थियो ।     

यसैबीच, पाकिस्तानको सैन्य सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स आइएसपीआरका ब्रिगेडियर मुस्तफा कमल बर्की दक्षिण बजिरिस्तानमा आतङ्कवादीसँग भएको भिडन्तमा मारिएका दैनिक अखबार डनले जनाएको छ । झडपमा सात जना सैनिक घाइते भएका छन् । –रासस /एएनआई