• ९ पुस २०८१, मङ्गलबार

कर्णालीका १६ क्याम्पसको नतिजा सार्वजनिक

blog

त्रिवि, केन्द्रीय क्याम्पस ।

नविन सुबेदी

सुर्खेत, चैत ६ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोे कर्णालीका १६ वटा क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले नाै स्थानमा विजय प्राप्त गरेको छ भने नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चार स्थानमा जित हासिल गरेको छ । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले दुई स्थानमा जित हासिल गरेको छ ।

स्वतन्त्र उम्मेदवार एक ठाउँमा विजयी भएका छन् । कर्णाली प्रदेशमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका ४० आङ्गिक क्याम्पसमध्ये आइतबार १८ वटा क्याम्पसमा निर्वाचन भएको थियो ।

सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना भने जाजरकोटको नलगाड बहुमुखी क्याम्पसमा एक मत बढी भेटिएपछि विवाद हुँदा अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका १६ वटा क्याम्पसहरूमा स्ववियु नेतृत्व यसअघि नै निर्विरोध चयन भइसकेको छ भने ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

नेपाल विद्यार्थी सङ्घले विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत, चेतन नेपाली, दोर्णाञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख, प्रकाश थापा, चामुण्डा कलेज, चामुण्डा दैलेख, सुनिल शाही, आठबीस शिक्षा क्याम्पस आठबीस दैलेख, नगेन्द्रबहादुर शाही, भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोट, प्रकाश सिंह, रुकुमेली क्याम्पस रुकुम पश्चिम, अनिशेस केसी, जुम्ला बहुमुखी क्याम्पस, महेश हमाल, रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ, डोल्पो क्याम्पस दुनै, डोल्पा, खिमबहादुर रोकाया गरी नौ स्थानमा विजय प्राप्त गरेको छ ।

यस्तै, अखिल क्रान्तिकारीले चौरजहारी क्याम्पस रुकुम पश्चिम, भरत विक, राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम, दीपक केसी, तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, हिक्मत सिंह, जनचेतना बहुमुखी क्याम्पस कालीकोट, पार्वतीकुमारी सञ्ज्याल गरी चार ठाउँमा विजय प्राप्त गरेको छ ।

यस्तै, अनेरास्ववियुले  भेरी बुखुमुखी क्याम्पस सुर्खेत, शक्ति पौडेल, सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी,गरी दुई स्थानमा विजय प्राप्त गरेको छ भने  कपुरकोट बहुमुखी क्याम्पस सल्यान, रामप्रसाद आचार्य स्वतन्त्रबाट विजयी हुनुभएको छ ।