• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिद्वारा सांसदको सम्मानमा चियापान समारोह आयोजना

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले गोरखापत्र अनलाइनलाई दिनुभयो । 

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्नुभएको हो ।