• १३ साउन २०८१, आइतबार

त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन हुने

blog

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस । फाइल तस्बिर

काठमाडौं, चैत २ गते । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुभएको छ । नयाँ कार्यतालिका अनुसार चैत ९ गते बिहीबार निर्वाचन हुने भएको हो ।

त्यस्तै मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ । त्यसउपर दाबी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

चैत ५ गते उम्मेदवारी दर्ता, ६ गते उम्मेदवारहरु उपर दाबी विरोध र ७ गते प्रचारप्रसारका लागि समय तय भएको छ ।

यसैगरी, चैत ७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ भने ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने संयोजक गौतमद्वारा सार्वजनिक तालिकामा उल्लेख छ ।