• १५ असार २०८१, शनिबार

मालिकाद्वारा उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने

blog

गुल्मीको मालिका गाउँपालिका । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत १ गते । 
गुल्मीको मालिका गाउँपालिकाले पालिकाको लोगो (प्रतीक चिह्न) उत्कृष्ट बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रूपमा आह्वान गरेको छ ।

लोगो निर्माण गर्दा गाउँपालिकाको भूगोल, जनजीवन, ऐतिहासिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवम् अन्य विशिष्ट पहिचान झल्कने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य समावेश हुनुपर्नेछ । कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत प्रयोग गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

सूचनामा प्रकाशित भएको मितिले २१ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । लोगो सामूहिक रूपमा बनाउन नपाइने सूचनामा उल्लेख छ ।