• ९ मंसिर २०८१, आइतबार

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

blog

नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओई ।

टोकियो, फागुन २९ गते । नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।

उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको हो ।

पारिवारिक स्रोतका अनुसार उहाँको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो ।

उहाँको अन्त्येष्टि भइसकेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । रासस/सिन्ह्वा