• ९ मंसिर २०८१, आइतबार

युएईलाई नेपालको दुई सय ३० रनको लक्ष्य

blog

युएईविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन २२ गते । संयुक्त अरब इमिरेट् (युएई) मा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि दुई सय ३० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनायो । 

नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले सर्वाधिक ७० रन बनाउनुभयो । उहाँले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । आरिफ शेखले अविजित ४३ रन बनाउनुभयो ।


कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाउनुभयो । 

बलिङमा युएईका जुनेद सिद्धिकीले तीन विकेट लिनुभयो । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई दुई विकेट लिनुभयो । कार्तिक मेइयापानले एक विकेट झार्नुभयो ।