• ८ मंसिर २०८१, शनिबार

बार्सिलोनाले जित्दा रियल बराबरीमा रोकियो

blog

भ्यालेन्सियाविरुद्ध सट प्रहार गर्दै बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन २२ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले जित्दा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड बराबरीका रोकिएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोल रहित बराबरीमा रोकियो । 

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाको जितमा राफिन्हाले गोल गर्नुभयो । राफिन्हाले १५औँ मिनेटमा सर्जियो बुस्केट्सको पासमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । 

५९औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजो रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर भ्यालेन्सियाले त्यसको फाइदा उठाउन सकेन । जितसँगै बार्सिलोनाले २४ खेलबाट ६२ अङ्क बनाएको छ ।

पराजित भ्यालेन्सिया २३ अङ्कसहित १९औँ स्थानमा छ । यसैगरी दोस्रो स्थानमा रहेको रियलले घरेलु टोली बेटिसमाथि बल पोसेसन राम्रो राखेपनि गोल गर्न सकेन । बराबरीसँगै २४ खेलबाट ५३ अङ्क बनाएको छ । रियललाई रोकेको बेटिस ४१ अङ्कसहित पाँचौँ स्थानमा छ । एजेन्सी