• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका  अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३९ वर्षीया सुखमाया श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिजुलीको नाङ्गो तार छोएका कारण करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको हो । बिहीबार बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान स्थानीयले मृत फेला परेका थिए । 

स्थानीयका अनुसार नाङ्गो तारसँगै टाँसिएको अवस्थामा उहाँको शव फेला परेको थियो । करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कुसराम कार्की नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । 

प्रहरी टोलीले घटनाको विवरण (मुचुल्का) उठाउने शव जिल्ला अस्पताल ताप्लेजुङ पु¥याएर पोष्टमार्टम लगायतको प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।