• ९ मंसिर २०८१, आइतबार

अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

blog

साङ्केतिक तस्बिर

कायरो, माघ १९ गते । इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरू करिब ३२ जना घाइते भएका छन् ।

बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरू ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो सङ्ख्याका मानिसहरू निसास्सिएका थिए भने अरू केही घाइते भई अस्पताल पुर्‍याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/सिन्ह्वा