• १३ साउन २०८१, आइतबार

भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने

blog

फाइल तस्बिर ।

बाबुराम शर्मा 

दोलखा, माघ १८ गते । दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । 

नगरभित्रका एकल तथा विपन्न महिलाहरुको आर्थिक सशक्तिकरण र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले यो अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । 

उहाँका अनुसार ५० प्रतिशत लागत साझेदारीमा नगरले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । चालुआर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार एकल तथा विपनन महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउन कार्यकम सफल हुने नगरले अपेक्षा राखेको छ । 

श्रीमानको निधनपछि साथ खोजिरहेका एकल र विपन्न महिलाहरु यस कार्यक्रमबाट लाभान्वित हुँदा स्थानीय सरकारको सहयोग र साथको प्रत्यभूति हुने नगरप्रमुख मानन्धरले बताउनु भयो । 

यो कार्यक्रमका लागि नगरले ४८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । उहाँले भन्नुभयो, ‘‘कार्यक्रममा सहभागी हुनेहरुले ५० प्रतिशत लागत व्यहोर्नुपर्ने छ । ईच्छुकहरुलाई सहभागी हुन आग्रह समेत गरिसकिएको छ ।’’