• १२ असोज २०८१, शनिबार

गुल्मी मदानेको विद्यालयमा तोडफोड

blog

तोडफोड भएको विद्यालयको ढोका ।

रमेश विश्वकर्मा

गुल्मी, माघ १४ गते। गुल्मीको एक विद्यालयमा अज्ञात व्यक्तिले तोडफोड गरेका छन्। शुक्रबार राति जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ्गस्थित ओख्लेदह आधारभूत विद्यालयमा तोडफोड भएको हो। 

विद्यालयको प्रशासनिक कक्ष तथा तीन वटा कक्षा कोठामा तोडफोड भएको विद्यालयका प्रधानाध्यापक अर्जुन राउतले जानकारी दिनुभयो। 

“कक्षाकोठामा लगाइएका ताला तोडफोड भएको छ। ताला तोड्नका गलको समेत प्रयोग गरिएको छ”, प्रधानाध्यापक राउतले भन्नुभयो, “विद्यालयको गेटको साँचो पनि तोडिएको छ।” 

घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अहिलेसम्म कसले तोडफोड गरेको हो भन्ने खुलेको छैन।