• १४ असार २०८१, शुक्रबार

अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

blog

गोकर्ण पौडेल 

तुलसीपुर, माघ १४ गते । टिकटकबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको छ । तुलसीपुर ७ मा रहेको अपाङ्गता अध्ययन केन्द्रमा बसोबास गर्दैआएका विद्यार्थीलाई टिकटकबाट खाद्यान्न सहयोग गरिएको हो । 

टिकटक सामाजिक सञ्जालमा ‘के म तिम्रो साथी बन्न सक्छु’ अभियानबाट विद्यार्थीलाई सहयोग गरिएको छ । सञ्जालका सूर्य राना मगरले स्थानीय सरकारले अपनत्वबोध गरेर सञ्चालन गरेको केन्द्रमा सहयोग गर्नका लागि काठमाडौबाट आएको बताउनुभयो । 

अपाङ्गता भएका विद्यार्थीका लागि सहयोग गर्ने, अन्यत्र स्थानीय सरकारका लागि सिकाइको अपनत्व होस् भनेर सहयोग गर्न आएको उहाँको भनाइ छ ।

अपाङ्गता अध्ययन केन्द्रका सदस्यसचिव यज्ञ विश्वकर्माले सबैको सहयोगबाट विद्यार्थीलाई आवासीय व्यवस्था गर्न सकिएको बताउनुभयो । केन्द्रमा १२ जना बालबालिका बसोबास गर्दैआएका छन् । विद्यालयको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई केन्द्रमै राखेर अध्यापन गराउन थालिएको छ । 

शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शिक्षा मानव स्रोत केन्द्रसँग बालबालिकाहरूले मासिक रूपमा प्राप्त गर्ने छात्रवृत्तिका लागि केन्द्रमा पठाइएको छ । केन्द्रले अपाङ्गता भएका विद्यार्थीका लागि मासिक रूपमा चार हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।