• १३ साउन २०८१, आइतबार

मिथिला आर्टमा चित्रकला प्रदर्शनी सुरु

blog

काठमाडौँ, माघ १४ गते ।  ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी सुरु भएको छ । जीपी फाउन्डेसन र आर्ट एन्ड कल्चरको संयुक्त आयोजनामा “-यापोट” शीर्षकमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बिहीबारदेखि चलिरहेको छ । 

मिथिला आर्ट ग्यालरीका सञ्चालक एवं कलाकार श्यामसुन्दर यादवका अनुसार यो प्रदर्शनी मङ्गलबारसम्म सञ्चालन हुनेछ । यस प्रदर्शनीमा महेश आचार्य, अबु कलाम समसुद्धिन, प्रसेनजित धर, हेलेना अख्तर, इनबल क्रिस्टिन रे मास्डने र श्यामसुन्दर यादवलगायतका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । 

नेपाल, भारत, बङ्गलादेश, अस्ट्रेलिया, इजरायलका कलाकारले बनाएका चित्रहरू, सम्बन्धित देशको जनजीवन, धार्मिक सांस्कृतिक महìवका साथै फरक हावापानी, प्रकृतिसँग सम्बन्धित विम्बहरूको प्रयोग गरिएको छ । वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कोरोना महामारीबाट थलिएको कला क्षेत्रको व्यवसाय तथा कला क्षेत्रका गतिविधि पुनः सुरु हुन थालेको बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीले विभिन्न देशका कलाकारबीच मित्रता गाँसिनुका साथै नेपाली कलाकार र देशलाई चिनाउने अवसर पनि प्राप्त हुने बताउनुभयो ।