• १३ साउन २०८१, आइतबार

छ सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, माघ  ४  गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु. छ सयले घटेको छ । हिजो प्रतितोला रु. एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख चार हजार पाँच सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख चार हजार छ सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।