• १३ साउन २०८१, आइतबार

सुनको मूल्य एक लाख पाँच हजार एक सय

blog

काठमाडौँ, माघ ३  गते । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख चार हजार सात सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।