• १३ साउन २०८१, आइतबार

शिव प्रकाशको ‘समभोक’ लोकापर्ण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते। अमेरिकाको बोस्टन सहरमा बस्दै आउनुभएका लेखक शिव प्रकाशको पहिलो उपन्यास ‘समभोक’को लोकापर्ण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार सम्पन्न कार्यक्रममा अभियन्ता गोविन्द केसी, पत्रकारद्वय युवराज धिमिरे, विजयकुमार पाण्डे, विश्लेषक शङ्कर तिवारी, समाजशास्त्री सिर्जना घिमिरे र लेखक स्वयंले पुस्तकको संयुक्त रूपमा लोकापर्ण गर्नुभएको हो । 

कार्यक्रममा पत्रकार विराट अनुपमले पुस्तकबारे विमर्श गर्न पत्रकार घिमिरे, विश्लेषक तिवारी, समाजशास्त्री घिमिरे र लेखक प्रकाशसँग सो पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले लेखकले पुस्तकमा प्रत्येक कुरालाई भोकको दृष्टिकोणले पस्कनु खोज्नुभएकाले यस पुस्तकले पाठकलाई भोकविलासमा लिप्त हुन अभिप्रेरित गर्नसक्ने विषयलाई औँल्याउनुभयो । उपन्यासमा भोकलाई कसरी नियन्त्रण र बुझ्न सकिन्छ भन्ने कुरा समावेश छ । उहाँले पुस्तकमा लेखकले पात्रलाई धेरै नै तन्काउन खोज्नुभएको हुनाले पाठकलाई पुस्तकको अन्तिमसम्म बाँधी राख्न सक्नुभएको छ । 

त्यस्तै कार्यक्रममा पत्रकार पाण्डेले अहिले साहित्यको गहिराईसम्म गएर साहित्यिक कुरा गर्ने मान्छेहरू धेरै कम भएको जिज्ञाशा गर्नुभयो । उहाँले लेखकले पुस्तकमा राम्रो कुराको उठान गरेको पनि बताउनुभयो । पुस्तकलाई शिखा बुक्सले प्रकाशित गरेको हो ।