• ४ जेठ २०८१, शुक्रबार

चार अर्ब मुद्दतीमा राख्दै राष्ट्र बैङ्क

blog

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा चार अर्ब ३२ करोड रुपियाँ एकवर्षे मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई रकम बाँडफाँटसमेत गरेको छ । उपदान तथा पेन्सन कोषको रकमबाट वाणिज्य बैङ्कमा दुई अर्ब ४३ करोड, विकास बैङ्कमा ४५ करोड र १५ करोड रुपियाँ वित्त कम्पनीमा राख्ने गरी सूचना जारी गरिएको छ ।

कल्याण कोषको एक अर्ब छ लाख रुपियाँ वाणिज्य बैङ्कका लागि, १९ करोड पाँच लाख रुपियाँ विकास बैङ्कका लागि र बाँकी रकम वित्त कम्पनीका लागि छुट्याएको छ । 

राष्ट्र बैङ्कले सार्वजनिक सूचना जारी गर्दै आफूले लिन चाहेको रकम र दिने ब्याजदर उल्लेख गरी तीन दिनभित्र प्रस्ताव पेस गर्न सूचित गरेको छ । रकम आगामी पुस १ देखि २०८० मङ्सिर मसान्तसम्म एक वर्षका लागि मुद्दतीमा राख्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।