• १२ असोज २०८१, शनिबार

तलब भत्ता नपाउँदा स्वास्थ्यकर्मीद्वारा ज्ञापनपत्र हस्तान्तरण

blog

तलब भत्ता नपाउँदा स्वास्थ्यकर्मीद्वारा ज्ञापनपत्र हस्तान्तरण । तस्बिर –सिराज खान

सिराज खान 

नेपालगञ्ज, मङ्सिर १९ गते । बाँके डुडुवा गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षदेखि तलब भत्ता पाएका छैनन् । 

स्थानीय तहको निर्वाचनपछि हालसम्म पनि गाउँसभा बस्न नसक्दा बजेट समेत पास नभएर गाउँपालिकाका कुनै पनि कर्मचारीले तलब भत्ता नपाएका हुन् । यस्तै,  विकास निर्माणलगायत काम पनि अगाडि बढ्न सकेको छैन । 

दलहरूको विवादका कारण गाउँसभाकाे बैठक नहुँदा सेवा सुविधा नपाएपछि कर्मचारीहरू आन्दोलित भएका छन् । 

स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेललाई तलब भत्ताको माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको छ । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरूले अवरोध गरेकाले गाउँसभा हुन नसकेको जनाउँदै सोही कारणले बजेट पास नभएको बताउनुभयो । 

उहाँले विपक्षी दलहरूले गाउँपालिकालाई बन्धक बनाएर निकास नदिँदा अहिले समस्या भएको बताउनुभयो । 

विपक्षीको कुरै नसुनेर गाउँपालिकाका अध्यक्षले एकलौटी रूपमा काम गर्न खोजेकाले असहयोग गरेको विपक्षी दलहरूले बताएका छन् ।