• १२ असोज २०८१, शनिबार

एकजना भारतीय नागरिकको मृत्यु

blog

गोपी ज्ञवाली

नवलपरासी, मङ्सिर १९ गते । आइतबार राति जिल्लाको सदरमुकाम परासीमा घर आगलागीमा परी एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

सदरमुकाम परासी बजारमा तरकारी व्यवसाय गर्दै आएका भारत, उत्तर प्रदेश, महाराजगन्ज जिल्ला वर्गदवा थाना निवासी ६० वर्षीय रामलखन लोनियाले चिसोबाट बच्नका लागि घरमा आगो बालेका थिए ।

त्यो आगो सुतेको अवस्थामा फैलिएर घरमा आगलागी हुँदा लोनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत प्रहरी नाउब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।