• १३ साउन २०८१, आइतबार

मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल

blog

टीकाराम सुनार

जनकपुरधाम,  मङ्सिर १३ गते । मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४ (२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधि सभाका लागि नौ र प्रदेश सभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ । 

विसं २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधि सभाका लागि एमालेले सिरहा—१, धनुषा–३, सर्लाही–३, बारा—१,पर्सा—३,सिरहा—३, बारा—३ र महोत्तरी—१लगायत क्षेत्रमा जितेको  छ । अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी–१(१), सिरहा—१(१), सिरहा—२(२), सिरहा ३(१), धनुषा—१(१),धनुषा—२(१), धनुषा—३(२), धनुषा—४(२), रौतहट—२(१), बारा—१(१), बारा ३(१), बारा—४(१), बारा—३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) गरी १५ स्थानमा जितेको छ। 

नेपाली कांग्रेसले प्रतिनिधि सभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर  दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभातर्फ सप्तरी—३, धनुषा—२, रौतहट–४, पर्सा—२, पर्सा—४, सप्तरी—४ र महोत्तरी—४ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी–३(१), धनुषा— ३(१), धनुषा—४(१), सर्लाही—२(१), सर्लाही—२(२), सर्लाही—४(१), रौटहट—१(१), रौटहट—१(२), रौतहट—३(२), पर्सा—२(१), पर्सा—३(२), पर्सा—४(१) र धनुषा १(१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो । 

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधि सभामा सप्तरी—१, सिरहा—४,पर्सा—१, बारा–२, सिरहा–२ र धनुषा १ मा जितेको छ ।

त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा—२(२), पर्सा—१(२), पर्सा—४(२), बारा—१(२), रौतहट—४(२), सर्लाही—३(२), सिरहा—१(२), बारा—२(२) र महोत्तरी ४(२) मा जितेको छ। विसं २०७४को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रूपमा रहेको जसपाले प्रतिनिधि सभामा ९ र प्रदेश सभामा १९ सिट जितेको थियो । 

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा तीन र प्रदेश सभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधि सभामा लोसपाले महोत्तरी–२, सर्लाही–१ र महोत्तरी—३ मा तथा प्रदेश सभामा पर्सा—२(२), महोत्तरी—२(१), महोत्तरी—३(१), महोत्तरी—३(२), सर्लाही—१(१), सिरहा—४(२) र बारा—४(२) मा जितेको छ । 

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधि सभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधि सभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधि सभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी—२ मा पराजित गर्नुभयो । सो पार्टीले प्रदेशसभामा सप्तरी–१ (२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिरहा—४(१) र सिरहा—२(१) मा जितेको छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधि सभातर्फ सर्लाही—४,रौतहट—२ र रौतहट—३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा—३ (१), बारा—२(१), महोत्तरी—२(२), रौतहट—३(१), सर्लाही—३(१) र सप्तरी—४(२) मा जितेका हुन् ।   

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधि सभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेश सभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

प्रतिनिधि सभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित हुनुभएको छ । प्रदेशमा माओवादीले सर्लाही—४(२), महोत्तरी—१(२), रौतहट—४(१) र पर्सा १(१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभाका लागि रौतहट—१ र बाराबाट दुई सिट र प्रदेश सभामा रौतहट—२(२), सर्लाही—१(२), सिरहा—३(२) र सप्तरी—४(१) गरी चार सिट जितेको छ ।