• १३ असोज २०८१, आइतबार

पाँचथरमा शान्तरुपमा मतदान हुँदै

blog

पाँचथरको फिदिम मावि मतदान केन्द्रमा मतदान गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमालेका तर्फबाट वसन्त कुमार नेम्वाङ । तस्बिर : राधा लुइँटेल ।

राधा लुइटेल 

फिदिम, मङ्सिर ४ गते । पाँचथरका एक सय ७७ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । जिल्लाका सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो ।

यसैबीच जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले शान्ति बाल विकास मावि र एमालेका वसन्तकुमार नेम्वाङले फिदिम मावि केन्द्रबाट मतदान गर्नुभएको छ । सुखवोध मावि जोरसालमा भने सुत्लीवम विस्फोट भएपछि केही त्रास फैलिएको थियो ।  तर अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।