• १२ असार २०८१, बुधबार

कडा सुरक्षाबीच मतदान हुँदै

blog

तस्बिर: केशब गुरुङ

काठमाडौं, मंसिर ४ गते । आइतबार (आज) प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैसाथ भइरहेको छ । बिहान ७ बजेदेखि  सुरु भएको निर्वाचनको सुरक्षा व्यवस्था कडा रहेको नेपाल प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईका अनुसार देशभरमा अहिले शान्तिपूर्ण रूपमा मतदान भइहरेको छ । देशका सबै निर्वाचन केन्द्रहरूको सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले ढुक्कसँग मतदान गर्न सक्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशको सबै निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था कडा रहेको छ । शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया चल्ने हुनाले मतदाताले ढुक्कसँग मतदान गर्न सक्नेछन् ।’ निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । जसका लागि देशभर दुईलाख ९८ हजार ५७९ जना सुरक्षाकर्मी परिचालित छन् । 

जसमध्ये नेपाल प्रहरी ७१ हजार ६९३, नेपाली सेना ७४ हजार ८४९, सशस्त्र प्रहरी बल ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान एक हजार ९२१ र म्यादी प्रहरी एक लाख १५ हजार परिचालित रहेछन् । मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्नेछ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।