• १९ असोज २०८१, शनिबार

फोटो पत्रकार ढुंगाना सम्मानित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १ गते । वरिष्ठ फोटो पत्रकार राजेश ढुंगाना अनरेबल मेन्सन अवार्ड २०२२ बाट सम्मानित हुनुभएको छ । इङ्गलैण्डमा भएको अन्तर्राष्ट्रिय कलर अवार्डबाट ढुंगाना नेपालको तर्फबाट सम्मानित हुनुभएको हो । इन्टरनेशनल कलर अवार्ड संस्थाले सो प्रतियोगिता हरेक वर्ष गर्दैआएको छ । 

गोरखापत्रका सेवा निवृत्त फोटो पत्रकार ढुंगानालाई सो पुरस्कारबाट सम्मानित हुँदा गौरव महुशस भएको बताउनुभयो । प्रतियोगितामा ७८ देशका ६ हजार ७८६ फोटोपत्रकार प्रतिस्पर्धामा रहनुभएको थियो । प्रतिस्पर्धी मध्येबाट नेपालबाट ढुंगाना सम्मान जित्न सफल हुनुभएको हो । 

सो पुरस्कार फोटो पत्रकार ढुंगानाले सन् २०१९, २०२१ मा पनि प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा द आर्मोरी शो, द जे पाँल गेटी म्युजियम, द आर्ट च्यानल, वी एण्ड ए म्युजियम, कलर ए उक्सन्स, प्रिनस म्युजियम, पब्लिक समूह, फिलाबाट उद्योगको क्याप्सन समावेश रहेको फोटोपत्रकार ढुंगानाले जानकारी दिनुभयो ।


फोटो पत्रकार ढुंगाना लामो समयदेखि फोटो पत्रकारितामा योगदान दिंदैआउनुभएको छ । ढुंगानाले गोरखापत्र अनलाइन डट कममा पनि नियमित सांस्कृतिक सम्पदासम्बन्धी फोटो समाचार लेख्दै आउनुभएको छ ।