• १९ असोज २०८१, शनिबार

जुम्लामा जिप दुर्घटना, तीन घाइते

blog

नेत्र शाही 

जुम्ला, मंसिर १ गते । जुम्लामा मतदान केन्द्रतिर जाँदैगरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका –४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतिर गैरहेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो । 

उहाँका अनुसार गाडी दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीका अनुसार ताम्ति मतदान केन्द्रमा जाँदैगरेको निर्वाचन टोली चढेको गाडी दुर्घटना हुँदा तीन जना घाइते हुनुभएको छ ।  

प्रजिअ केशरीका अनुसार दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अङ्गराज गिरी गम्भीर घाइते हुनुभएको छ । यसका साथै सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने र एक जना प्रहरी सामान्य घाइते हुनुभएको खबर आएको छ । 

घाइते सबैलाई अस्पतालतिर ल्याइँदै गरेको हुँदा विस्तृत विवरण आउन बाँकी रहेको केशरीले बताउनुभयो । प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित छ । तातोपानी गाउँपालिका ७ जनजागृति मावि ताम्तिमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपानेसहितको ८ जनाको टोली खटिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।