• १९ असोज २०८१, शनिबार

अर्जेन्टिना, इटाली र जर्मनी विजयी

blog

यूएईविरुद्ध गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी साथीसँग खुशी साट्दै । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर १ गते । कतार विश्वकप अघि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा बलिया देशले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा अर्जेन्टिना, इटाली र जर्मनी विजयी भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गर्नुभयो ।  जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गर्नुभयो । पहिलो हाफमा चार गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा चार गोल थपेको थियो । कतार विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा परेकाे छ । यस समूहमा मेक्सिको, पोल्यान्ड  र साउदी अरब  छन् । 

यसैगरी अर्को खेलमा इटालीले अल्बनियालाई ३–१ गोलले हरायो । पुनरागमन जित निकालेको इटालीका लागि भिन्सेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल गर्नुभयो । अल्बनियाका एड्रियन इस्माजिलीको गोल सान्त्वना बनेको थियो ।

अर्को खेलमा जर्मनीले ओमानलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा जर्मनीका लागि निकलस फुलक्रुगले निर्णायक गोल गर्नुभयो । अर्को खेलमा पोल्यान्डले चिलीलाई १–० गोलले हरायो । घरेलु मैदानमा पोल्यान्डलाई जिताउन क्रिजस्तोफ पियाटिकले गोल गर्नुभयो । यस्तै अमेरिका र कोसोभोले २–२ गोलको बराबरी खेले । एजेन्सी