• १३ साउन २०८१, आइतबार

परम्परागत पहिरन संरक्षणमा लिमीका युवती

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक १७ गते । हिमालपारिको गाउँ नाम्खा गाउँपालिका–६, लिमीका युवती परम्परागत पहिरनको संरक्षणमा लागेका छन्। यहाँका आधुनिक युवतीहरू तीन सय वर्ष पुरानो पहिरनको संरक्षण गर्न लागिपरेका हुन्। 

लिमीमा जन्मिएर सानैबाट काठमाडौँमा हुर्कनुभएकी हल्जी गाउँकी कार्साङ तामाङले लिमीको ऐतिहासिक महत्व बोकेको पहिरन संरक्षण गर्न परम्परागत पहिरन लगाउने गरेको बताउनुभयो। 

उहाँले यसका लागि सहरमा हुर्केका युवती लागेको बताउनुभयो। युवती तथा महिलाले लगाउने यो पहिरनमा शरीरको माथिल्लो भाग र तल्लो भागका लागि छुट्टाछुट्टै कपडा हुन्छ। पहिरनमा बक्खु, सुरुवाल, खुट्टामा लगाउने सुम्बा, टाउकोमा पटुका र गलामा चाँदीको पैसाको माला लगाइन्छ। 

एउटी युवतीका लागि साढे दुई लाख रुपियाँसम्म खर्च गरेर यो महँगो पहिरन तयार गरिन्छ। तीन सय वर्षको इतिहास बोकेको यो पहिरनलाई पछिल्लो पुस्तासम्म पु-याउन पनि यसको जगेर्ना गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो।