• ८ जेठ २०८१, मङ्गलबार

होण्डा मोटरले नयाँ होण्डाजेट एलिट-२ सार्वजनिक गर्दै

blog

सरिता थापा 

जापान, कात्तिक १५ गते। जापानको होन्डा मोटर कर्पोरेसनले आफ्नो साना व्यवसायिक विमान होन्डा जेट एलिट–२ को नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।

यो नयाँ होन्डा जेटमा लामो उडान र स्वचालित अवतरण प्रणाली जडान गरिने बताइएको छ। होन्डाको जेट निर्माण इकाई, होन्डा एयरक्राफ्ट कम्पनीका अनुसार, ६‍‍‍.९५ मिलियन डलर मूल्यको नयाँ मोडेलले २८ सय ६५ किलोमिटर यात्रा गर्न सक्छ।

जुन हाल रहेका मोडेल भन्दा २०४ किलोमिटर लामो छ। यसले गति नियन्त्रण गर्न मद्दतको लागि आफ्नो पखेटामा सुधार गर्ने ग्राउन्ड स्पोइलर उपकरणहरू पनि थपेको छ।

होन्डाजेट एलिट–२ ले यात्रामा आराम र शैलीको सबै मोर्चामा आफ्नो श्रेणीको सीमारू पार गर्नेछ,” होन्डा एयरक्राफ्टका सीईओ हिदेतो यामासाकीले आफ्नो एक विज्ञप्तिमा भनेका छन्। कम्पनीले अमेरिकी उड्डयन प्राधिकरणबाट उडान सञ्चालनका लागि प्रमाणपत्र प्राप्त गरेपछि आँउदो नोभेम्बरदेखि विमान उपलब्ध गराउने अपेक्षा गरिएको छ।

होन्डा एयरक्राफ्टका अनुसार विमानमा नयाँ स्वचालन प्रविधि, जस्तै आपतकालीन र अटो-ल्यान्डिङराखेर अर्को वर्षको अन्त्यसम्ममा नयाँ मोडलमा ल्याउने जनाएको छ। उक्त इन्जिनहरू विमानमा पुनः फिट गर्न सकिने कम्पनीले बताएको छ।