• २ माघ २०८१, बुधबार

पाकिस्तानको सहज जित

blog

नेदरल्यान्ड्सविरुद्ध सर्वाधिक ४९ रन बनाउनुभएका पाकिस्तानका मोहमद रिजवान । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १३ गते । पाकिस्तानले अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ । सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो ।

जितका लागि नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३.५ ओभरमा चार विकेटको क्षतिमा ९५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ४९ रन बनाउनुभयो । फखर जमानले २० र शान मसुद १२ रन बनाउनुभयो ।

बलिङमा नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले दुई तथा पाउल भानले उक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिम ९१ रन बनाएको थियो । 

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ र कप्तान स्कट एडवार्डले १५ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । बलिङमा पाकिस्तानका शादव खानले तीन विकेट लिनुभयो ।

मोहमद वासिमले दुई तथा सहेन शाह अफ्रिदी, नसिम शाह र हरिस रफले एक एक विकेट लिनुभयो । सुपर १२ मा पाकिस्तानको यो पहिलो जित हो । जितसँगै तीन खेलबाट दुई अङ्क बनाएको पाकिस्तान पाँचौँ स्थानमा छ । अङ्कविहीन नेदरल्यान्ड्स अन्तिममा छ ।

शीर्षस्थानमा रहेको भारतको चार अङ्क छ । चारै अङ्कका साथ बंगलादेश रन रेटका आधारमा दोस्रो स्थानमा दोस्रो स्थानमा छ । समान तीन अङ्क बनाएको दक्षिण अफ्रिका र जिम्बावे क्रमशः तेस्रो र चौथो स्थानमा छ ।