• ९ मंसिर २०८१, आइतबार

एमाले र राप्रपाद्वारा बागी उम्मेदवारलाई कारबाही

blog

एमाले र राप्रपाको संयुक्त पत्रकार सम्मेलन । तस्बिर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, कात्तिक ७ गते । नेकपा एमाले र राप्रपाले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएका आ–आफ्ना पार्टी सदस्यलाई कारबाही गरेको छ । 

पार्टी नीति विपरीत एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तीर्थ डाँगीले प्रदेश सभा सदस्यको लागि बाँके निर्वाचन क्षेत्र नम्बर– १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाले कारबाही गरेको एमाले बाँके उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो । 

यसैगरी, राप्रपा बाँकेले पार्टीको निर्णय विपरीत क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनु भएका बाँके जिल्ला सदस्य प्रदीपजङ्ग शाह र बाँके क्षेत्र नम्बर–१ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका राप्रपा कोहलपुर नगर अध्यक्ष अमरजङ्ग शाह (अर्जुन)लाई कारबाही गरिएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह–संयोजक ऋषिराम देवकोटाले जानकारी दिनुभयो । 

दुवै दलले बागी उम्मेदवारी दिने आ–आफ्ना पार्टीका सदस्यलाई कारबाही गरेको जानकारी गराएका छन् ।