• ११ असोज २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

blog

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार अपरान्ह आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ सहित झापाका बिभिन्न कार्यक्रममा सहभागि हुन गृह नगर दमक आउनु भएका ओलीको स्वास्थ्यमा समस्या आएको थियो ।

ओलीको सचिवालयका अनुसार मंगलवार साँझ राखिएको पत्रकार सम्मेलनमा अन्तिम समयसम्म पनि जाने कोसिस गरेपनि स्वास्थ्यले साथ नदिएपछि पत्रकार सम्मेलन सहितका सबै कार्यक्रमरु स्थगन गरिएको थियो । 

पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं झापा क्षेत्र नं. ५ (१) का उम्मेदवार समेत रहनु भएका प्रदेश १ सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र ५ (२) का उम्मेद्वार होमबहादुर थापामात्र सहभागि बन्नुभएको छ ।

टाँउको दुख्ने, ज्वरो आउने र रुघा लाग्ने समस्याका कारण मंगलवारका कार्यक्रमहरु स्थगन गरिएको हो, ओलीको निर्वाचन परिचालन समितिका संयोजक एवं नेकपा एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो । 

अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित भेटघाट तथा बुधबार र बिहिबारका निर्धारीत कार्यक्रमहरु नरोकिएको बताईएको छ । स्वास्थ्यमा सुधार आएको छ र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ, ओलीको सचिवालयको भनाई छ ।

झापामा ओली ३ दिने निर्वाचन अभियानका लागि आउनु भएको नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनु भयो । ओली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनु भएको छ ।