• १२ असार २०८१, बुधबार

मरिन डाइभर्सन आयोजनाको टनेलको काम दुई वर्षमा सकिने

blog

काठमाडौँ, असोज २९ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको शुक्रबारबाट टनेल खन्ने काम सुरु भएको छ । टीबीएम मेसिनले टनेल खन्ने काम सुरु गरेको सुनकोशी मरिन आयोजनाका प्रमुख मित्र बरालले बताउनुभयो । 

अहिलेसम्म करिब ९ प्रतिशत मात्र भौतिक प्रगति भएको यस आयोजनाको टनेलको काम सुरु भएपछि काम द्रुतगतिमा अघि बढ्ने बरालले विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति करिब ९ प्रतिशत मात्र भएको छ । अब टनेलको काम सुरु भएपछि काम द्रुतगतिमा अघि बढ्छ ।’ 

कुल १३.३ किलोमिटर लम्बाई रहेको यस सुरुङमार्गको काम दुई वर्षभित्र सक्ने बरालले बताउनुभयो । सुरुङ् निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिजलाई ११ अर्ब २९ करोड रुपियाँमा ठेक्का दिइएको छ ।

सुरुङ् खन्न सुरुङ मार्गअनुसारको टीबीएम मेसिन चीनबाट आयात गरेर नेपालमा जडान भएर आजबाट काम सुरु भएको आयोजना प्रमुख बरालले बताउनुभयो । 

कुल १३.३ किलोमिटर लम्बाई रहेको यस सुरुङमार्गको काम दुई वर्षभित्र सक्ने बरालले बताउनुभयो । सुरुङ् निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिजलाई ११ अर्ब २९ करोड रुपियाँमा ठेक्का दिइएको छ ।

यो आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपियाँ रहेको छ । चालु आर्थिक बर्षमा यस आयोजनाका लागि २ अर्ब ७१ करोड बजेट बिनियोजन भएको छ । आयोजनाबाट ६७ क्युमेक पानी सुनकोशीबाट मरिनमा झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । यस्तै मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा वर्षभरी नै सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ । सिँचाइको काम तीन चरणमा सम्पन्न हुनेछ ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदैआएको छ । सुनकोशी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

आयोजनबाट विद्युत उत्पादन गर्नको लागि  खुर्कोटमा हेडबक्स निर्माणको लागि टेण्डर समेत भएको छ । सुरुङ निर्माण हुँदासम्म हेडबक्सको निर्माण पनि भइसक्ने आयोजना प्रमुख बरालले बताउनुभयो । 

अबको पाँच वर्षमा यस आयोजना सक्नेगरी काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुङ निर्माण सकिएपछि यस आयोजनाको काम धेरै बाँकी रहँदैन । पाँच वर्षभित्र आयोजना सक्नेगरी काम अघि बढ्छ ।’

सुरुङ निर्माण सकिएपछि यस आयोजनाको काम धेरै बाँकी रहँदैन । पाँच वर्षभित्र आयोजना सक्नेगरी काम अघि बढ्छ ।

आयोजना निर्माणका क्रममा पहिले रुख कटानको कामले केही समस्या निम्तिए पनि अहिले  काममा कुनै बाधा नरहेको बरालको भनाइ छ । आयोजनाका लागि यस आर्थिक वर्षमा उपलब्ध भएको बजेटले नपुग्ने भएकाले वीचमा रकम निकासाका लागि निवेदन दिनुपर्ने अवस्था आउने उहाँ बताउनुहुन्छ । 

आयोजना आर्थिक वर्ष २०७३–७४ मा शुरुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।