• ९ मंसिर २०८१, आइतबार

पूर्वमन्त्री र उद्योगपतिको टक्कर

blog

यशोदा पौडेल

रामग्राम, असोज २८ गते ।  आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा उद्योगपति विनोद चौधरी र राष्ट्रिय राजनीतिका खेलाडी हृदयेश त्रिपाठीबीच मुख्य प्रतिपस्र्धा हुने आकलन गरिएको छ। 

सत्ता साझेदार गठबन्धनका उम्मेदवारका रूपमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति चौधरी र नेकपा एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको हो। जनता प्रगतिशील पार्टीका त्रिपाठी नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अहिलेसम्म लगातार छवटा निर्वाचनमा सहभागी भई पाँच पटकसम्म विजयी हुनुभएका नवलपरासीका पुराना राजनीतिक खेलाडी हुनुहुन्छ। उद्योगपति चौधरी दुई पटक समानुपातिक सांसद बन्नुभएको छ। 

पहिलो पटक प्रत्यक्ष निर्वाचनको चुनावी मैदानमा हुनुभएका अर्बपति चौधरीले यस क्षेत्रको कृषिजन्य उत्पादन केरा र उखुका उत्पादनलाई विश्व बजारसम्म पु¥याउने र क्षेत्रको चौतर्फी विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। सधैँ एउटैभन्दा यस पटक यहाँका जनताले नयाँ अनुहार रोज्ने विश्वास उहाँको छ। त्रिपाठी यसअगावै आफूले यस क्षेत्रको विकासका लागि धैरे उल्लेखनीय काम गरेकाले बाँकी कामलाई पूरा गर्न पुनः उम्मेदवारी दिएको बताउनुहुन्छ। 

उद्योगपति चौधरीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनका लागि नवलपरासी पश्चिम क्षेत्र नम्बर १ नै रोज्नुको मुख्य कारण यस क्षेत्रको विकासलाई नयाँ उचाइमा पु-याउनु रहेको बताउनुभएको छ। पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट र अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बन्नुभएका चौधरी सत्तापक्षीय गठबन्धनको साथ र समर्थनमा नेपाली कांग्रेसको तर्फबाट यस पटक प्रत्यक्ष उम्मेदवार बन्नुभएको हो। 

गत निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचित नेता त्रिपाठी आगामी मङ्सिर ४ गतेको निर्वाचनमा नेकपा एमालेको सहयोगमा चुनाव चिह्न कोदालो बोकेको किसान लिएर मैदानमा उत्रिनुभएको छ। पटक पटक दल परिवर्तन गर्ने नेताका रूप्मा परिचित त्रिपाठी सद्भावना पार्टी, तमलोपा, स्वतन्त्र राजनीतिक समूह हुँदै पछिल्लो समय आफ्नै नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उम्मेदवारी दिनुभएको हो। 

लुम्बिनी प्रदेशका बहालवाला उद्योगमन्त्री अजय शाहीले समेत सोही क्षेत्रमा प्रतिनिनिधि सभा सदस्यका लागि स्वतन्त्र रूप्मा उम्मेदवारी दिनुभएको छ। माछा चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिनुभएका शाहीले यस क्षेत्रमा आफू मन्त्री हुँदा गर्दै आएका विकास निर्माणका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको दाबी गर्नुभयो। 

यस्तै प्रदेश (क) मा सत्ता साझेदार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विश्वप्रेम पाठक, नेकपा एमालेका पुण्यप्रसाद पौडेल, एकीकृत समाजवादीका टङ्कप्रसाद खनाललगायत साना दल र स्वतन्त्र गरी १५ जनाको उम्मेदवारी परेको छ। प्रदेश (ख) मा गठबन्धनको विपरीत उम्मेदवारी परेको छ। प्रदेश (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका रामानन्द यादव आधिकारिक उम्मेदवार भए पनि नेपाली काँग्रेसका देवकरण जयसवालले समेत पार्टीको पत्रका आधारमा उम्मेदवारी कायमै राख्नुभयो। 

यस्तै नेकपा एमालेका दीपकराज शर्मा भट्टलगायत साना दल र स्वतन्त्र गरी कुल ११ जनाको उम्मेदवारी परेको छ। नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिकाकातीनवटा वडा पर्दछन्।