• १३ साउन २०८१, आइतबार

बस दुर्घटनामा १२ जनाको मृत्यु, ३६ घाइते

blog

मकवानपुर, असोज २० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।  

चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । 

दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ ।

प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ । मृतकको सनाखत हुन बाँकी छ ।