गोपी ज्ञवाली
नवलपरासी, असोज २० गते । दुई दिनदेखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएका छन् ।
नारायणी नदीमा जलको बहावका कारण जोखिम बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको गण्डक योजना कार्यालयका भुआर्जन अधिकृत अमित खड्काले बताउनुभयो ।
मध्य नेपालमो पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतह क्रमशः बढदै गएपछि बिहान गण्डक नहरका सबै ३६ वटै ढोका खोलिएको छ भने गण्डक पुर्व र पश्चिम दुबैतर्फका नहरहरु बन्द गरिएको उहाँले बताउनुभयोे ।
लगातारको वर्षाका कारण नारायणी नदीमा बिहीबार दिउसो १२ बजे गण्डक ब्यारेजमा २ लाख ९७ हजार क्युसेक प्रतिसेकेन्डको दरले पानीको बहाव छ ।