गाेरखापत्र अनलाइन
नयाँ दिल्ली, असोज १९ गते । भारतको उत्तराखण्डको पौरी गरवालमा भएको सडक दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २५ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । दुर्घटनामा परेका अन्य २१ जनाको उद्धार गरिएको डी इकाेनाेमिक्स टाइम्सले जनाएको हो । तिनीहरू एक विवाह समारोहमा भाग लिन गएका यात्रुहरू हुन् ।
मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २५ ओटा शव घटनास्थलामा नै भेटेको र अरू घाइतेलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।