• १३ साउन २०८१, आइतबार

मानव अधिकारको संरक्षणमा राज्य गम्भीर हुनुपर्छ

blog

मानव अधिकार रक्षकहरुबीचको छलफल कार्यक्रममा बोल्दै मधेश प्रदेशका वनमन्त्री शत्रुघन महतो । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, भदौ ३१ गते । मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघन महतोले मानव अधिकारसँग सम्बन्धित समस्याहरूको समाधानका लागि तीन वटै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।  

अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुरधामले मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको मानव अधिकार रक्षकहरूको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सांसद र मानव अधिकार रक्षकहरूबिचको छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो ।

मानव अधिकारसँग सम्बन्धित समस्याहरू आफैबाट सिर्जित हुनेगरेको कारण यसको समाधानका लागि हामी सबैको सहयोग आवश्यक भएको उहाँको भनाइ छ । मानव अधिकारको कार्यान्वयन गर्ने निकायहरू नै कमजोर रहेको चर्चा गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि राज्य गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुरका प्रमुख बीरबहादुर थापा मगरले मानव अधिकार रक्षकलाई निर्वाधरुपमा काम गर्ने वातावरणको निर्माण गर्न राज्य गम्भीर हुन जरुरी रहेको बताउनुभयो । अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख राजु पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

मानव अधिकार रक्षकले मानव अधिकार रक्षकको संरक्षण तथा संवर्द्धनका लागि आफूहरूले तयार पारेको विधेयकलाई प्रदेश सरकारले अपनत्व ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो ।