• १३ साउन २०८१, आइतबार

डा. केसीकोे धनगढीमा अनसन

blog

अविनाश चौधरी

धनगढी, भदौ २७ गते । सत्याग्रही डा. गोविन्द केसीले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै धनगढीमा आजदेखि अनसन सुरु गर्नुभएको छ । सात बुँदे माग राख्दै उहाँले धनगढीस्थित धर्मशालामा २० औं सत्याग्रह थाल्नु भएको हो । 

आफ्नो माग पूरागर्न उहाँले सरकारलाई अल्टिमेटम दिनुभएको जानकारी दिनुभयो । सरकारले माग पूरा नगरेको र त्यसप्रति गम्भीर नदेखिएकाले प्रधानमन्त्रीको गृह क्षेत्रमा आएर आफूले सत्याग्रह थालेको केसीले बताउनुभयो । 

सरकारकै अकर्मण्यताका कारण गेटा मेडिकल कलेज सञ्चालन हुन नसकेको उहाँको आरोप छ । डा. केसीले सत्याग्रहको क्रममा आफूले सादा पानीमात्रै पिउने बताउनुभयो । अनशन स्थलमा उहाँले सीसीटिभी क्यामेरा जडान गर्न आग्रह गर्नु भएको छ ।