• १३ साउन २०८१, आइतबार

जटिल गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै

blog

सञ्चारकर्मीसँग यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी छलफलका सहभागी । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, भदौ २४ गते । पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको सङ्ख्या १८ थियो ।

शुक्रबार डडेल्धुरामा आइपास नेपाल र सामुदायिक विकास मञ्च (सीडएफ) नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरले एक वर्ष अन्तरमा ८ जनाले सङ्ख्या वृद्धि भएको बताउनुभयो । 

डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १५१ जनाले औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन गराएका थिए । ७४ जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराएको परिवार नियोजन सुपरभाइजर निरीक्षक कुँवरले बताउनुभयो ।

गत आर्थिक वर्षमा २० वर्ष मुनिका १७ महिलाले गर्भपतन सेवा लिनुभएको छ । डडेल्धुरामा गर्भपतन गराउने २२ वटा स्वास्थ्य संस्था सूचीकृत छन् । तर २० वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतनको सेवा दिइरहेको कुँवरले जानकारी दिनुभयो । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ ऐच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानुनमा उल्लेख छ ।

जबरजस्ती करणी, हाडनाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावना लगायतका समस्या भएमा २८ हप्तासम्मको गर्भपतन निःशुल्क गराउन पाउने अधिकार छ । नेपालजस्तो पितृसत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्धका कारण गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको चिकित्सकको भनाई छ ।